जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकामा विद्यालय सुधार योजना निर्माण सम्बन्धी दुई दिने कार्यशाला सोमबार सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक र प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालिका सशक्तिकरण परियोजना अन्तर्गत विद्यालय सुधार योजना निर्माण सम्बन्धि दुई दिने कार्यशाला आयोजना गरिएको गरिएको थियो । शहिदनगर नगरपालिका–३ स्थित जनता विष्णु प्राथमिक विद्यालय यदुकुहामा आयोजित कार्यशालामा १५ वटा विद्यालयका प्रधानाध्यापक, विभिन्न सात वडाका वडाध्यक्षहरु र विभिन्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक लगायत ४४ जनाको सहभागिता रहेको थियो । कमला नगरपालिका र शहीदनगर नगरपालिकाका शिक्षा शाखा प्रमुखद्वय अमित जयसवाल र विश्वनाथ यादव र आसमान नेपालको तर्फबाट सन्जीब कुमार साहले सहजीकरण गरेका थिए । विद्यालयको आफ्नै पहलमा सरोकारवालाहरुसँगको सहकार्य एवम् समन्वयबाट शिक्षण सिकाइ तथा विद्यालयको समग्र विकासको लागि विद्यालय सुधार योजना निर्माण गर्ने उदेश्यले कार्यशाला आयोजना गरिएको आसमान नेपालका फिल्ड सुपरभाइजर बिजय सदाले बताए । आसमान नेपालले चालु आर्थिक वर्षमा रु ६० लाख ५४ हजार ७ सय ५९ मा कमला नगरपालिका अन्तर्गतका ७ विद्यालयहरु र शहीदनगर नगरपालिकाका ८ विद्यालयहरुमा कार्यक्रम संचालन गरिरहेको छ । स्थानीय सरकार संचालन ऐन २०७४ ले अध्यक्षहरुको लागि निर्दिष्ट गरेको काम, कर्तब्य र अधिकारको साथै शिक्षा क्षेत्रमा तोकेको कार्य जिम्मेबारीलाई लक्षित गरिएको थियो भने विद्यालय व्यवस्थापन समितिको काम, कर्तब्य र अधिकार बारेमा छलफल गरिएको थियो । विद्यालय सुधार योजना निर्माण २०८० को आधारमा विद्यालयमा ५ वर्षीय योजना निर्माण गर्न पुर्व तयारीको लागि कार्यशाला गरिएको आसमान नेपालका फिल्ड सुपरभाइजर अम्बिका यादवले बताइन् । आउँदो भदौ २५ गतेसम्म विद्यालयबाट सहभागिता मूलक तरिकाले योजना बनाई लेखाजोखाको लागि पालिकाको शिक्षा शाखामा बुझाउने र भदौ ३० गते भित्र विद्यालय व्यवस्थापन समितिबाट स्वीकृत गराई पालिका लगायत आसमान नेपाल र अन्य संघ संस्थामा बुझाउने निर्णय गरेकोछ । सबै विद्यालहरुले यही शुक्रबार सबै बालबालिकाहरुलाई सहभागी गराउने उदेश्यले चित्रकला प्रतियोगिता र हाजिरी जवाफ प्रतियोगिता र खेल खेलाई बाल दिवस मनाउने निर्णय पनि गरेको अम्बिका यादवले बताइन् । प्लान इन्टरनेशनल नेपालसँग सम्बन्धित सीएफडब्लुए, स्पोर्ट नेपाल, जवास, स्मार्ट एग्रिकल्चर एआरएच जस्ता संस्थाहरुले पनि सहयोग गर्ने भएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech