जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकामा “कक्षाकोठामा आधारित प्रारम्भिक कक्षा पठन तथा लेखन सीप परिक्षणसम्बन्धी दुई दिने तालिम मंगलबार सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक र प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको गल्र्स स्टेण्डिङ स्ट्रोङ (जीएसएस) परियोजना अन्तर्गत आयोजित “कक्षाकोठामा आधारित प्रारम्भिक कक्षा पठन तथा लेखन सीप परिक्षणसम्बन्धी तालिममा शहीदनगर र कमला नगरपालिकाका शिक्षा अधिकृत, शिक्षकहरुको सहभागिता रहेको थियो । सोमबारदेखि सुरु भएको तालिममा जीएसएस परियोजनाका कार्यक्रम अधिकृत संजीव साहले प्रारम्भिक कक्षा पठन तथा लेखन सीपबारे जानकारी गराएका छन् । दुई दिनसम्म चलेको उक्त तालिममा शिक्षा अधिकृत र शिक्षकहरुले सिकाई उपलब्धीलाई व्यवहारमा ल्याउने प्रतिबद्धता जनाउनुभएको आसमान नेपालका फिल्ड सुपरभाइजर विजय सदाले बताए । सदाका अनुसार तालिममा ९ जना महिलासहित २० जनाको सहभागिता रहेको थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech