जनकपुरधाम । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले नेपाली महिलाहरुले मनाउने हरितालिका तीज तथा मधेशमा विशेष रुपले मनाउने चौठचन्द्र पर्वको शुभकामना व्यक्त गरेकी छिन् ।
आज एक शुभकामना सन्देश जारी गर्दै मन्त्री तिवारीले हरितालिका तीज र चौठचन्द्र पर्वको अवसरमा प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा आपसी एकता, पारिवारिक सद्भावको कामना गरेकी छिन् ।
शुभकामना सन्देशमा भनिएको छ–हाम्रो समाजमा हरितालिका तीजको ‘सांस्कृतिक र धार्मिक पर्वका रूपमा महत्वपूर्ण स्थान रहेको छ । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने यस पर्वमा आफ्नो र आफ्नो परिवारजनको कल्याणको लागि तृतीयाका दिन शिव–पार्वतीको र पञ्चमीका दिन सप्तऋषिको पूजा, उपासना गर्नाले मनोकामना पूरा हुने विश्वास रहिआएकोछ ।
यो पर्वले परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई थप प्रगाढ हुने विश्वास मन्त्री तिवारीले व्यक्त गरेकी छिन् ।मन्त्री तिवारीले समाजमा विद्यमान महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्दै सभ्य, समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न यो पर्वले सबैलाई प्रेरणा प्रदान गरोस् भने कामना समेत गरेकी छिन् ।
यस्तै, आजै मधेशमा मनाउन लागेको चौठचन्द्र पर्वले परिवारमा सद्भाव, एकअर्काप्रतिको स्नेह कायम गर्ने विश्वास शुभकामना सन्देशमा व्यक्त गरिएको छ ।
तीज र चौठचन्द्र पर्व आज एकै दिन मनाउन लागेको छ ।

सम्बन्धित खवर