जनकपुरधाम । यही शनिबार हुन लागेको उद्योग वाणिज्य संघको निर्वाचनले जनकपुरधाममा चुनावी सरगर्मी बढेको छ ।
उम्मेदवारलाई घरदैलो र जातीय समीकरण मिलाउन भ्याइनभ्याई छ । शनिबार हुन लागेको निर्वाचनमार्पmत आगामी तीन वर्षको लागि नयाँ कार्य समिति छान्ने छ । अघिल्लो समय व्यापार संघको निर्वाचनलाई व्यापारीहरुले प्रतिष्ठासँग जोडेर हेरेका छन् । जसका कारण वास्तविकभन्दा अवास्तविक व्यापारी हावी हुँदै गएको हो । व्यापारीहरुका अनुसार जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनले उद्योग वाणिज्य महासंघ नेपाललाई टक्कर दिन थालेको छ ।
उम्मेदवारहरुले राजनीतिक, आर्थिक र व्यवसायिक दाउपेच लगाएर मतदाता रिझाउनमा जुटेका छन् ।
विगतमा भएको निर्वाचनको तुलनामा यस वर्ष अधिकांश युवा उम्मेदवार छन् ।
अध्यक्षका लागि तीन जना चुनावी मैदानमा छन् । अघोषित लोकतान्त्रिकतर्फबाट वर्तमान वरिष्ठ उपाध्यक्षसमेत रहेका मनिषरमण साह र पूर्व वरिष्ठ उपाध्यक्ष जीतेन्द्र प्रसाद साहले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । नेकपा एमालेको समर्थनमा पूर्व उपाध्यक्ष सुरेन्द्र भण्डारी प्रतिष्पर्धामा छन् । यसअघिको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा भण्डारीले हार व्यहोर्नुपरेको थियो ।
लोकतान्त्रिकतर्फ नेपाली कांग्रेसका नेताहरु आफ्नो पक्षका उम्मेदवारका लागि लविङ गरिरहेका छन् भने नेकपा एमालेका नेताहरु पनि आफ्नो उम्मेदवारको पक्षमा माहौल खडा गर्न सक्रिय छन् ।
उनी यसपाली वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी नदिएर सोझै अध्यक्ष पदको लागि चुनावी मैदानमा छन् ।
वरिष्ठ उपाध्यक्ष मनिषरमणले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । यसअघिको निर्वाचनमा पनि अध्यक्ष पदमा पराजय व्यहोरका जीतेन्द्र प्रसाद अध्यक्ष पदका लागि चुनावी मैदानमा छन् ।
तीनै जना व्यापारीको घरदैलोमै पुगेर मतमाग्ने कार्यलाई केही दिनदेखि निरन्तरता दिएका छन् ।
अध्यक्ष पदका लागि तीनै जनाबीच देखिएको प्रतिष्पर्धाले अन्य पदका उम्मेवारहरु छायाँमा परेको व्यापारीहरु बताउँछन् ।
४ हजार ७६ मतदाता रहेको जनकपुर उद्योग वाणिज्य संघमा मारवाडी, मुस्लिमको मत निर्णायक छ ।
निर्वाचनका लागि गएको भदौ १६ गते अध्यक्षसहित १५ सदस्यीय कार्य समितिको लागि उम्मेदवारी दर्ता गराएका छन् ।
अन्य संघसंस्थाको तुलनामा जनकपुरधाम उद्योग वाणिज्य संघमा उम्मेदवार हुन महगो शुल्क निर्धारण गरिएको थियो । जसका कारण व्यापारीहरुको आलोचना समेत भयो । यद्यपी, केही दिन अघिदेखि चुनावमा खडा हुने व्यापारीहरुले मनोनयन पत्र खरिद गरेर उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्षमा प्रतिस्पर्धा त्रिकोणात्मक हुँदा व्यापारीहरु खुलेर कुनै उम्मेदवारको पक्षमा लागेको देखिदैन् ।
तीनै उम्मेदवारमध्ये जित्नेलाई मत दिने मिल्सएरियाका एक जना व्यापारीले बताए ।
अहिले पर्ख र हेरको नीति लिएर बसेको छु, उनले भने–जसको पलडा भारी हुन्छ, हाम्रो मत उसैलाई । तर, अहिले नै तीनै जनामध्ये कसको पलडा भारी छ भने भन्न कठीन रहेको उनले थपे । तीनै जनाले सबै शक्ति लगाएका छन् । हेरौ, को बाजी मार्छ, उनले थपे । व्यापारीहरुमा अधिकांश लोकतान्त्रिक पक्षधर रहेपनि दुई जना उम्मेदवार रहेकाले एमाले समर्थित उम्मेदवारलाई फाइदा पुग्ने व्यापारीहरुको तर्क छ ।
त्यसैगरी १ जना वरिष्ठ उपाध्यक्षका लागि अम्भु प्रसाद साह, मनोज कुमार साह र विकास कुमार चौधरी बीच प्रतिस्पर्धा छ । अम्भु वर्तमान उपाध्यक्ष हुन् ।
त्यसैगरि १ जना खुला उपाध्यक्षका लागि लक्ष्मण साह र विश्वनाथ साह सुडीले उम्मेदवारी दिएका छन् । महिलाका लागि आरक्षित १ उपाध्यक्षमा भने ३ जनाले उम्मेदवारी दिएका छन् । रिंकु साह, माया कुमारी र सरिता ठाकुरले उम्मेदवारी दिएका छन् ।
यस्तै, १ जना महासचिवका लागि ४ जनाले उम्मेदवारी दिएका छन् ।
हाल सचिव रहेका फुलदेव पण्डित, गणेश कुमार साह, अशोक कुमार चौधरी र सुधिर पजियारले उम्मेदवारी दिएका छन् । त्यसैगरि १ सचिव पदका लागिपनि ४ जनाले उम्मेदवारी दिएका छन् । नरेन्द्र बिक्रम साह, राकेश पजियार, श्रवण कुमार साह र गोपी कुमार साहले उम्मेदवारी दिएका छन् ।
जउवा संघको १ जना कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । रामचन्द्र पँजियार, मनोज कुमार शर्मा, राकेश कुमार साह र परमेश्वर साहले उम्मेदवारी दिएका छन् । परमेश्वर साह वर्तमान कोषाध्यक्ष हुन् । १ जना एसोसिएट सदस्य पदका लागि २ जना दीपक कुमार साह र अभिषेक कुमार चौधरी बीच प्रतिस्पर्धा रहेको छ ।

सर्वाधिक प्रतिष्पर्धा कार्यकारिणी समितिको सदस्य पदका लागि हुने भएको छ । ६ पदका लागि १७ जनाले उम्मेदवारी दिने भएका छन् । उम्मेदवारी दिने तयारी गर्नेहरुमा रमेश महतो, सन्तोष कुमार गामी, मणिशंकर प्रसाद साह, दुर्गेश कुमार साह, दीपमणि साह, प्रवीण कुमार साह सोनार, सुरेन्द्र दास, धर्वे न्द्र साह, गौरीशंकर साह, निरज कुमार साह, रामजिवन साह, राकेश कुमार साह, जिवछ साह, बलराम कुमार साह, ध्रुव कुमार साह, सुनिल दास कथवनिया र दिलिप कुमार साह रहेका छन् ।

सम्बन्धित खवर