जनकपुरधाम । नागरिक बचत तथा ऋण सहकारी संस्था लि. जनकपुरधाम–४ को १४औं साधारणसभा शनिबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०।०८१ मा नागरिक बचत तथा ऋण सहकारीले ७८ हजार ९ सय ८२ रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षमा बचतकर्ताहरुबाट एक करोड ९९ लाख ५० हजार ९ सय ३३ रुपैयाँ बचत संकलन भएको सहकारीका व्यवस्थापक रामइश्वर यादवले बताए । गत आबको आर्थिक विवरण प्रस्तुत गर्दै व्यवस्थापक यादवले दुई करोड ८९ लाख ५० हजार ८८१ रुपैयाँ ऋण लगानी रहेको जानकारी दिए । ८२ जना महिलासहित उक्त सहकारीको सदस्य संख्या १९४ रहेको छ । सहकारीको कर्जाग्राही ६३ जना रहेको व्यवस्थापक यादवले प्रस्तुत गरेको विवरणमा उल्लेख छ ।
ठकाई यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा वक्ताहरुले आर्थिक मन्दीका बीच सहकारीलाई व्यवस्थित तरिकाले संचालन गर्नु चुनौतीपूर्ण रहेको बताए । संस्थाका सदस्यसमेत रहेका दिनेशचन्द्र यादवले अहिलेको युगमा प्रविधिको विकाससँगै विकृतिपनि मौलाएको बताए । सहकारी ठगीले देश नै अक्रान्त बनाएकाले यसप्रति सचेत भएर आर्थिक कारोबार पारदर्शी गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । उद्घाटन सत्रमा लेखा संयोजक ब्रम्हदेव यादव, संस्थाका सचिव दिनेश प्रसाद यादवलाई सम्मान गरिएको थियो ।
वर्ष दिनमा सबैभन्दा बढी बचत जम्मा गरेका बचतकर्ता सबिना कुमारी यादव र असल ऋणीको रुपमा रामनरेश यादवलाई समेत सम्मान गरिएको थियो । उनीहरुलाई संस्थाका अध्यक्ष ठकाई यादवले दोसल्लो ओढाएर सम्मान गरे ।
अध्यक्षमा नवल किशोर साधारणसभाको बन्द सत्रले नवल किशोर यादवको नेतृत्वमा नयाँ संचालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा उपाध्यक्ष काशिकुमार यादव र सचिवमा गणेश यादव सर्वसम्मतले चयन भएका छन् । यस्तै सदस्यहरुमा बरुण कुमार यादव, नागेन्द्र प्रसाद साह, ललिता देवी ठाकुर र ललिता मण्डल रहेका छन् । यस्तै लेखा सुपरिवेक्षन समिति संयोजकमा श्याम किशोर मण्डल र सदस्यहरुमा दिनेश प्रसाद साह तथा प्रदिप साह सर्वसम्मत चयन भएको सदस्य बरुण यादवले बताए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech