जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाबाट आज एकाबिहानै ९ जना थुनुवा फरार भएका छन् ।
प्रहरीका अनुसार बिहान ३ः३० बजेतिर झ्याल फोडेर उनीहरु फरार भएको हो ।
फरार हुनेमा जनकपुरधाम उपमहानगरपालिका २० रुपैठा बस्ने जीवछ झाका २५ वर्षीय छोरा अमित कुमार झा, सोही मुद्दामा फक्राउ परेका विदेह नगरपालिका–७ बस्ने सौखिलाल मण्डलका २६ वर्षीय छोरा रंजित मण्डल र सोही स्थान बस्ने विजय मण्डलका २४ वर्षीय छोरा रोशन कुमार मण्डल, सिरहा नगरपालिका–१३ बस्ने लक्ष्मी यादवका ३३ वर्षीय छोरा अभास्कर कुमार यादव, धनुषा औरही गाउँपालिका–४ देउरी परबाहा बस्ने बेचन मुखियाका २३ वर्षीय छोरा विशाल मुखिया रहेका छन् ।
उनी पाँचै जना लागूऔषधसहित पक्राउ परेका थिए ।
यस्तै, जनकपुरधाम उपमहानगपालिका–१ बस्ने छोटे मेस्तरका १७ वर्षीय छोरा सुमित मेस्तर, नगराइन नगरपालिका–२ बस्ने सिन्धु मण्डलका १८ वर्षीय छोरा मनिष मण्डल र जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने शेखर कार्कीका २२ वर्षीय छोरा बिक्की कार्की रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले बताए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार यी तीनै जना अभद्र व्यवहारमा पक्राउ परेका हुन् ।
प्रहरी नायब उपरीक्षक अवाका अनुसार एक जना थुनुवा पक्राउ परिसकेका छन् ।

सम्बन्धित खवर