जनकपुरधाम । समाजवादी विद्यार्थी युनियन, नेपाल धनुषाको अधिवेशन सम्पन्न गर्न ३३ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति गठन गरिएको छ ।
सुनिल मण्डलको संयोजकत्वमा ३३ सदस्यीय अधिवेशन आयोजक समिति गठन गरिएको हो ।
बुधबार जनकपुरधाममा बसेको बैठकले समाजवादी विद्यार्थी युनियन, नेपाल धनुषा जिल्ला अधिवेशन तयारी समितिका संयोजकसमेत रहेका मण्डलको संयोजकत्वमा सर्वसम्मतिले जिल्ला अधिवेशन आयोजक समिति गठन गरेको हो ।
बैठकमा जनता समाजवादी पार्टी(जसपा), नेपाल धनुषा जिल्ला उपाध्यक्ष तथा युवा, विद्यार्थी तथा खेलकूद जिल्ला इन्चार्ज ललित कुमार मण्डल, स्ववियु नेपाल केन्द्रीय उपाध्यक्ष नेम्बर राई, उपमहासचिव पुष्पा यादव, केन्द्रीय सचिव तथा मधेश प्रदेश उपाध्यक्ष सत्रुधन यादव, समाजवादी मुस्लिम संघ मधेश प्रदेश समिति अध्यक्ष मुसाहिद हुसैन, जसपा नेपाल धनुषा जिल्ला कार्य समिति सदस्य धर्मेन्द्र गोइत यादव, अजय यादव लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर