जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा बालविवाह विरुद्ध हस्ताक्षर संकलन अभियान संचालन गरिएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक एवम् प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत सबैला नगरपालिकाको वडा नं. १३ सिरका टोलमा शनिबार हस्ताक्षर संकलन अभियान संचालन गरिएको हो । वडा नं. १३ का वडाध्यक्ष देवनारायण महतोको अध्यक्षतामा भएको हस्ताक्षर संकलन अभियानमा महिलाहरु बढी सहभागी जनाए । बालविवाह महिला र समाजको लागि अभिशाप रहेकाले यसको विरुद्ध संचालन गरिएको अभियानमा सबैजनाले सहयोग गर्नुपर्ने धारणा महिलाहरुको थियो । हस्ताक्षर गर्न केही समय लागे पनि बालविवाह विरुद्धको अभियानमा आफ्नो समर्थन नाम लेखेर गरेकी छन् । आफूहरुले विगतमा भोगेको पीडा भावि सन्ततीले भोग्नु नपरोस्, उनीको भनाई छ । बालविवाह विरुद्धको अभियानलाई आसमान नेपालले तीव्रता दिदै टोल टोलहरुमा कार्यक्रमहरु संचालन गरेको प्राविधिक संयोजक रितु तिवारीले बताइन् । सबैलाको वडा नं. १३ मा गरिएको हस्ताक्षर संकलन अभियानमा महिलाहरुसहित ६३ जनाले आफ्नो हस्ताक्षर गरेर अभियानमा समर्थन जनाएका छन् । सो अवसरमा आसमान नेपालका कोषाध्यक्ष रेखा यादव, प्रहरी इन्चार्ज राामप्रवेश साह, बुद्धिजिवि जगतसुन्दर साह, दिपनारायण अधिकारी, फिल्ड सुपरभाइजर आनन्द साह, दुर्गा अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech