जनकपुरधाम । सबैला नगरपालिका–१२ खैरबोनाकी २५ वर्षीया निशा कुमारी दनुवारले करिब २ बर्ष अगाडी सिलाईकटाई सिकिन् । सीप सिकेपछि अब उनलाई आत्मनिर्भर बन्ने चाहना छ । दुई महिने सिलाई–कटाइ तालिम सिकेपछि पछिल्लो समयमा उनलाई घर परिवार चलाउन सहज भएको छ ।
एसइई उत्तिर्ण गरेकी निशाले गत वर्ष पुस महिनादेखि सबैला बजारमा आसमान लेडिज टेलर्स चलाएकी छिन् । २०७९ को अन्त्य तिर सिलाई–कटाइ तालिम सिकेकी निशा पछिल्लो समयमा सबैला नगरपालिका–२ बजारमा सिलाई–कटाई व्यवसाय गर्न थालेकी छन् ।
पढाई छाडेपछि अलमलमा परेकी निशाका लागि आसमान नेपालले आयोजना गरेको दुई महिने सिलाई कटाई तालिम वरदान साबित भयो ।
युवा महिलाहरुलाई लक्षित गरेर प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत दुई महिने सिलाईकटाई तालिम संचालन गरेको थियो ।
निशा दुई महिने तालिममा सहभागि हुने निधो मात्र गरिनन्, सहभागि भएर लगनका साथ तालिमको सिकाई उपलब्धी साबित गर्नमा जुटिन् । उनको लगन र मिहिनेत अहिले देखिन थालेको छ ।
दैनि हजार रुपैयाँसम्म आम्दानी गरेर उनले आमाबुवासँगै भतिजको पोशाक, किताब, पढाई खर्च समेत व्यहोरेकी छिन् । लगनगाँठोको बेला भ्याइनभ्याई हुँदा दैनिक आम्दानीमा समेत वृद्धि हुने गरेको निशा बताउँछिन् ।
तालिम लिएर सिलाई कटाई व्यवसाय संचालन गर्ने प्रस्ताब राखेपछि सिलाई मेशिन, फर्निचर, केही थान कपडा, मेशिनको अन्य सामग्रीसमेत सहयोग गरेको आसमान नेपालका फिल्ड सुपरभाइजर आनन्द साहले बताए ।
निशा आफ्नो गाउँटोलका लागि उदाहरणीय रहेकी बताउँदै फिल्ड सुपरभाइजर साहले भने–करिब एक घण्टा यात्रा तय गरेर सबैला आउने गरेकी छिन् । अविवाहित भएर पनि उनी घरपरिवारमा जिम्मेवार सदस्यको भूमिका निर्वाह गर्दै आफ्नो बचत गर्न पनि पछि नपरेको साहले सुनाए ।
घरमा तरकारी, औषधी लगायत अतिआश्वयक खर्च पनि आफैले तिरिदिने गरेको बताउँदै निशाले मासिक आठदेखि दश हजारसम्म बचत गरिरहेको बताइन् । अहिले आफ्नो पेशा सिलाई–कटाई सीप प्रति निकै सन्तुष्ट रहेको निशाले बताईन् ।
बिगतमा सिलाई–कटाइ सिक्दा नराम्रो दृष्टीकोणले हेर्ने गरेको समाजले अहिले सीप भएकै कारणले सम्मानित ढंगले बाच्नु परेको उनले बताइन् । सिलाई–कटाइ दलित समुदायका मानिसहरूले मात्र गर्ने पेसा हो भन्ने अन्धविश्वासलाई समेत निशाले गलत साबित गर्न सफल भएकी छिन् । ‘विगतमा समाजले हेर्ने नजर फरक थियो ।’ निशाले भनिन्,–‘अहिले समाजमा सम्मानित भएर बाच्न पाएको छुँ ।’
रोकिएको पढाइलाई पनि उनी व्यवसाय सञ्चालन पछि निरन्तरता दिने मनस्थितिमा छिन् । समाजमा महिलालाई बाच्नका लागि निकै गाहे छ ।’ उनले भनिन्,– आत्मनिर्भर लागि मैले गरेको यो प्रयास धेरै राम्रो छ ।’
‘रोकिएको पढाइलाई व्यवसाय सञ्चालन पछि अघि बढाउन चाहेकी छु, उनले भनिन्, ‘अहिले पूरा ध्यान व्यवसायमा केन्द्रित छ ।
सीप सिकेकी निशाले हाल सिलाई–कटाइ सम्बन्धी व्यवसाय घरमा पनि संचालन गरेकी छिन् । ‘काम खोज्न अन्यन्त्र जानु भन्दा आफ्नै ठाउँमा सिलाई–कटाइ व्यवसाय गरे केही गर्न सकिन्छ जस्तो लाग्यो ।
महिलाले घरको काम बाहेक अरु काम गर्न सक्तैनन् भन्ने मान्यतालाई चिर्दै मैले सिलाई कटाई अगाडी बढाए ।’अर्काको मुलुकमा काम खोज्न जानु भन्दा आफ्नै ठाउँमा सिप सिकेर आम्दानी बढाउन सकिने उनको भनाई छ । आगामी दिनमा आफु जस्ता महिलाहरुलाई स्थानीय क्षेत्रबाट सिपमुलक तालिमहरु प्रदान गर्ने हो भने पक्कै आत्मनिर्भर हुने थिए ।

 

सम्बन्धित खवर