जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका वडा नं. ४ खजुरी बजारस्थित लक्ष्मीनारायण मन्दिर प्राङ्गणमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शन गरिएको छ । जनकनन्दनी गाउँपालिका र ईलाका प्रहरी कार्यालय खजुरीको समन्वयमा आसमान नेपाल, एसडीआरसी, सीफडब्लुए, रेमि÷जवासले संयुक्त रुपमा आयोजना गरेको सो सडक नाटकमार्फत समाजमा हुने गरेको लैंगिक हिंसाप्रति झटारो प्रहार गर्दै सचेत हुने संदेशसमेत प्रवाह गरेको थियो । प्लान इन्टरनेशनल नेपालको सहकार्यमा आयोजित सडक नाटकमा दाइजो प्रथाले समाजमा पारेको नकारात्मक असरको चित्रण गर्दै दाइजोको कारणले महिलाले भोग्नु परेको पीडा अनुभव गराउँदै न्यायिक अधिकार खोज्नका लागि महिलाले सम्बन्धित निकायसम्म पुग्नुपर्ने सन्देशसमेत उक्त सडक नाटकले दिएको थियो । नाटक प्रदर्शनमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा समाजसेवी, बुद्धिजीवी, पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, प्रहरी, महिला, बालबालिका लगायतको उपस्थिति रहेको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech