जनकपुरधाम । गोपाल सेवा समितिको ३३औं साधारणसभाले बजरंग यादवलाई सर्वसम्मत केन्द्रीय अध्यक्ष चयन गरेको छ । मंगलबार जनकपुरधाममा सम्पन्न भएको छ ।
मंगरबार अबेर साँझ जनकपुरधाममा सम्पन्न समितिको साधारणसभाले यादवलाई केन्द्रीय अध्यक्ष चयन गरेको हो ।
यसका साथै करिब एक वर्ष पछि समितिले पूर्णता पाएको छ । केन्द्रीय अध्यक्ष कौसल यादव निजी कारनले पद छाडेपछि कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष बजरंग यादवलाई दिएको थियो ।
यसअघि समितिको वार्षिकोत्सव एवम् साधारणसभामा वक्ताहरुले गोपाल सेवा समितिलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका भौतिक पुर्वाधार विकास मन्त्री सरोज कुमार यादवले यदुवंशीको लामो इतिहास स्मरण गर्दै यसलाई संरक्षण गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
यस्तै, मधेश प्रदेशका उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले पनि गोपालवंशीको इतिहासलाई अघि बढाउन गोपाल सेवा समितिलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
सो अवसरमा प्रदेशसभा सदस्य जंगिलाल राय, गोपाल सेवा समितिका संस्थापक पूर्व केन्द्रीय अध्यक्षद्वय प्रा.डा. राम स्वार्थ राय र कारी यादव, समितिका केन्द्रीय पूर्व महासचिव राम नारायण यादव (शितल), चन्द्रदेब यादव, केन्द्रीय पदाधिकारी, सदस्य, विभिन्न जिल्लाका जिल्ला अध्यक्ष, पदाधिकारीहरु, पूर्व केन्द्रीय एवम् जिल्ला सल्लाहकार, उपसमितिका अध्यक्षहरु, समाजका अगुवा, आजीवन सदस्य लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर