जनकपुरधाम । धनुषाको कमला नगरपालिका–८ मा बालविवाह विरुद्ध हस्ताक्षर अभियान संचालन गरिएको छ । आउँदो माघ महिनाको दोश्रो सातासम्म उक्त वडालाई बालविवाह मुक्त घोषणा गर्ने तयारीको क्रममा मंगलबार हस्ताक्षर अभियान संकलन गरिएको हो । बालविवाह नगर्ने÷नगर्न दिने प्रतिबद्धतास्वरुप हस्ताक्षर अभियान संचालन गरिएको हो । प्लान इन्टरनेशनल नेपालको आर्थिक एवम् प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत उक्त वडामा हस्ताक्षर अभियान संचालन गरिएको छ । वडाका महिलाहरु बालविवाह विरुद्धको हस्ताक्षर अभियानमा सहभागि जनाएका छन् । बालविवाहमा परेका महिलाहरु मांसिक र शारिरिक पीडा भोग्नुपरेकाले यस प्रकारको पीडा भावि पुस्ताले व्यहोर्नुनपरोस् भने प्रणका साथ महिलाहरु यो अभियानमा सहयोग गरेका छन् । बालविवाह विरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन उक्त वडामा मंगलबार अन्तरक्रिया तथा छलफल कार्यक्रम समेत गरिएको छ । वडा नं. ८ का वडाध्यक्ष तृप्ती भुडेरको उपस्थितिमा स्थानीयहरुले आउँदो माघ महिनाको दोश्रो सातासम्म वडालाई बालविवाह मुक्त घोषणा गर्ने समयसीमा निर्धारण गरेका छन् । बालविवाह सामाजिक अपराध रहेकाले यसको विरुद्ध सबै समुदाय एकजुट भएर लाग्नुपर्ने धारणा वडाध्यक्ष भुडेरको थियो । बालविवाह मुक्त वडा घोषणा गराउने क्रममा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको आसमान नेपालका प्राविधिक संयोजक रितु तिवारीले बताइन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech