जनकपुरधाम । विपद् पूर्व तयारी प्रतिकार्य खोज तथा उद्धार सामग्री जिल्ला प्रशासन कार्यालय धनुषालाई हस्तान्तरण गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामाजिक विकास र अनुसन्धान केन्द्र (एसडीआरसी)को साझेदारीमा सशक्त बालिका परियोजना अन्तर्गत शुक्रबार एक कार्यक्रमका बीच सा सामग्री जिल्ला प्रशासन कार्यालय धनुषालाई हस्तान्तरण गरिएको हो ।
एसडीआरसीका सचिव सोनफी साहको अध्यक्षतामा आयोजित एक कार्यक्रमका बीच धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीलाई ५ लाख १८ हजार बढीको सामग्री हस्तान्तरण गरिएको थियो ।
माउण्टेनिङ राँप ३ थान, कम्बाइनर क्लिप्स चार थान, टेलेस्कोपिक फोलडिङ लडार चार थान, ड्रिल मेशिन थान २, चैन शाँ थान ३, मेगा हैण्ड माइक थान २, हाइड्रोलिक बोल्ट कटर थान २, थ्रो बैग थान चार, लाइफ ज्याकेट थान १० र स्टे«चर चार थान हस्तान्तरण गरिएको एसडीआरसीका कार्यक्रम संयोजक विवश श्रेष्ठले बताए ।
प्लान इन्टरनेशनल नेपालका वेदप्रसाद भुर्तेल, रेडक्रस नेपालका केन्द्रीय सदस्य रामसिंह यादव, नेकपा एमालेका नेता संतोष यादव लगायतले विपद् पूर्व तयारी प्रतिकार्य खोज तथा उद्धार सामग्री जिल्ला प्रशासन कार्यालय धनुषालाई हस्तान्तरण गरेका थिए ।

सम्बन्धित खवर