जनकपुरधाम । डेढ दशकदेखि अनवरत संचालनमा रहेका जनकपुरधामका भाग्य लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. ले आगामी दिनमा कारोबार विस्तार गर्ने भएको छ । ग्रामीण क्षेत्रका मध्यम वर्गीय जनतालाई लक्षित गरेर कारोबार विस्तार गरिन भएको हो । ग्रामीण क्षेत्रका जनतालाई थोरै आम्दानीमा पनि बचत गरेर आफ्नो भविष्य बनाउन सक्ने लक्ष्य लिएर भाग्य लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. को कार्य विस्तार गर्न लागेको हो । सहकारीको कारोबार सहकारीले न्युन वर्गीय परिवार, मजदूरहरुलाई समेत बचत गर्न सिकाएको छ । दैनिक, साप्ताहिक, अद्र्धमासिक, मासिक रुपमा बचत जम्मा गरेका न्युन वर्गीय, मजदूरहरुलाई पनि आर्थिक रुपमा सब्बल हुन सहकारीले डोर्याएको छ । जनकपुरधाम–९ मा गएको १४ वर्षदेखि संचालनमा रहेको भाग्य लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. को गत शनिबार मात्रै १५आंै वार्षिक साधारणसभा गरिएको छ । बजरंग यादवको अध्यक्षतामा सम्पन्न साधारणसभामा वक्ताहरुले सहकारीको कारोबार विस्तारमा जोड दिएका थिए । राष्ट्रिय बचत तथा ऋण सहकारी संघ मधेश प्रदेशका अध्यक्ष धु्रवनारायण यादवले सहकारीलाई पारदर्शी रुपले अगाडि बढाउनुका साथै विश्वास कायम गरेर जानुपर्नेमा जोड दिए । सहकारीको मुल मन्त्र रहेको आर्थिक कारोबार पारदर्शीलाई कार्यान्वयन गरेर अघि बढ्दा जनताको विश्वास सजिलै जित्न सकिने उनको तर्क थियो । सो अवसरमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ का वडाध्यक्ष प्रमेश्वर साहले शुभकामना मन्तव्य राख्दै सहकारीमा ग्रामीण जनतालाई पनि जोड्नुपर्ने धाररणा राखे ।
सो अवसरमा पल्टन यादव, लक्ष्मीनियाँ गाउँपालिकाका पूर्व उपाध्यक्ष इन्द्रकला यादव, बिष्णुदेब साह, महेन्द्र राय, अजयजंग राय, अन्केश्वर यादव, अकवर मन्सुर, बिगन यादव, दिलिप कुमार यादव, चन्द्र मोहन यादव, मुकेश अधिकारी, रंजित यादव, दिपेन्द्र यादव, रेनुदेवी साह, सुधिरा यादव लगायत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाका प्रबन्धक पुनम कुमारीले संचालन गरेका साधारणसभाले संचालकसहित विभिन्न समितिहरु चयन गरेको छ । बजरंग यादवको अध्यक्षतामा चयन गरिएको संचालक समितिको उपाध्यक्षमा रामकृष्ण यादव, सचिवमा मुकेश कुमार अधिकारी, कोषाध्यक्षमा कंचन कुमारी र सदस्यहरुमा पुनम कुमारी, रामजी राउत तथा रंजित कुमार यादव रहेका छन् । महेन्द्र रायको संयोजकत्वमा चयन गरिएको लेखा समितिका सदस्यहरुमा सुर्यराम चौधरी तथा सरिता यादव रहेका छन् । ऋण समितिको संयोजकमा विश्वराज यादव र सदस्यहरुमा कृष्ण कुमार यादव र गोपाल कुमार यादव छन् । सहकारीको सल्लाहकार समितिमा पल्टन यादव, विष्णुदेव साह, दिलिप कुमार यादव र अकबर मंसुर रहेका छन् । सहकारीको कानुनी सल्लाहकारमा दिपेन्द्र कुमार साह रहेका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech