जनकपुरधाम । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुर पक्राउ परेका छन् । ठगी तथा सरकारी छाप र दस्तखत किर्ते अभियोगमा ठाकुर पक्राउ परेका हुन् । उनलाई सोमबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले ठाकुरलाई धनुषा ल्याउने तयारी भइरहेको जानकारी दिए । गत भदौ महिनामा निर्देशक ठाकुरसहित पाँचजनामाथि सो मुद्दा दर्ता भएको थियो । लेखापाल सावित्री गिरी, प्रशासान प्रमुख जितेन्द्रकुमार यादव र जिन्सी शाखा प्रमुख मदनकुमार चौधरमाथिसमेत मुद्दा दर्ता भएको छ । उनीहरू फरार रहेका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech