जनकपुरधाम । नेपाली कांग्रेसले थालेको गरेको सय दिने विशेष अभियान जनकपुरधाम उपमहानगरपालिका –१३ मा आइतबारदेखि सुरु भएको छ । जनकपुरधाम–१३ मा जिल्लाबाट खटाइएका नेपाली कांग्रेसका मधेश प्रदेश समिति सदस्य बजरंग यादवको प्रमुख आतिथ्यमा सो अभियान सुरु गरिएको हो । सय दिने विशेष अभियान अन्तर्गत जनताको गुनासो, पार्टी कार्यकर्ताको धारणा बुझेर सम्बोधनका लागि केन्द्रमा पठाउने छ । वडा नं. १३ का पार्टी सभापति जीतबहादुर राउतको अध्यक्षतामा भएको विशेष अभियानको बैठकमा क्रियाशिल सदस्य, डेलिगेट सदस्यहरुको उपस्थिति रहेको थियो । जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमितिले तोकेको प्रतिनिधिहरुले वडामा सो अभियान संचालन गरिरहेका छन् । सय दिन अभियानको थप गरिएको म्याद यही माघ १६ गते सकिदै छ । पार्टी केन्द्रीय कार्यसमितिको गत साउन २३ देखि भदौ १६ गतेसम्म बसेको बैठकको निर्णय बमोजिम साङ्गठनिक गतिविधि प्रभावकारी बनाउन गत असोज ७ गते प्रारम्भ भएको ‘१०० दिने विशेष अभियान’ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको दिन गएको पुस १६ गतेसम्मका लागि निर्धारण गरिएको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech