जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालको धनुषाको हंसपुर–२ मा वडा कमिटी गठन गरिएको छ ।
आगामी वैशाख २६ गतेदेखि हुन लागेको राष्ट्रिय महाधिवेशनको तयारीको क्रममा धनुषा जिल्लामा पहिलो वडा कमिटी गठन गरिएको हो ।
हँसपुर नगरपालिका २ बघचौडा पश्चिमबारी टोलमा शनिबार दिउँसो एक कार्यक्रम बीच राम प्रताप मण्डलको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
पार्टीका केन्द्रीय सदस्य एवं मधेश प्रदेश समितिका उपाध्यक्ष समेत रहेका पूर्व मेयर रामज्ञान मण्डलको प्रमुख आतिथ्यमा भएको वडा अधिवेशनमा भोलानाथ झा, जिल्ला उपाध्यक्ष झपसी मण्डल, जिल्ला सदस्यसमेत रहेका वडाध्यक्ष उदय कुमार सिंह, नगर संयोजक समेत रहेका वडाध्यक्ष लालबाबु यादव, नगर सचिव विजय झा, निवर्तमान वडाध्यक्ष उदय साह लगायतको उपस्थिति रहेको थियो ।
रामप्रताप मण्डलको अध्यक्षतामा गठन गरिएको वडा कमिटीको उपाध्यक्षमा रामचन्द्र भण्डारी, सियाशरण सहनी, सचिवमा नगिना मण्डल, सहसचिवमा रामकुमार साह, कोषाध्यक्षमा बिमला मण्डल खत्बे लगायतका रहेका छन् ।

सम्बन्धित खवर