जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिका–८ स्थित मिथिला तिलक नन्दकुमारी कार्की माविबाट एसइई परीक्षामा सहभागी हुने परीक्षार्थीहरुलाई मंगलबार विदाई गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज कुमार मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयबाट एसइई परीक्षामा सहभागी हुन लागेका परीक्षार्थीहरुलाई विदाईसँगै सम्मान पनि गरिएको थियो ।
एसइई–२०८१ मा मावि मिथिला तिलक नन्दकुमारी कार्कीबाट १ सय २३ जना विद्यार्थी सहभागी हुन लागेको हो । बिहीबारदेखि एसइई परीक्षा सुरु हुन लागेको छ ।
विद्यार्थीहरुको विदाई कार्यक्रममा हँसपुर नगरपालिकाका निवर्तमान मेयर रामज्ञान मण्डल, प्रधानाध्यापक चुलाई ठाकुर, तत्कालीन गाविस अध्यक्ष एवं नेकपा एमाले मेयर प्रत्याशी सुशिल साह, नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति रामकृष्ण मण्डल, उपमेयर प्रत्याशी शिव कुमारी मुखिया, सुर्जा मण्डल, महरी देवी सादा, नेपाली कांग्रेसका वडा सभापति चन्देश्वर ठाकुर, नेकपा एमाले वडा समितिका अध्यक्ष विनोद मण्डल, जसपाका वडा सभापति जितेन्द्र यादव, लोसपाका वडा प्रतिनिधि बेचनी देवी मण्डल, भरोसी मण्डल, विद्यालय व्यवस्थापन समितिका सदस्य रामएकवाल यादव, धिरेन्द्र यादव, प्रेमसिला देवी मुखिया, नेपाली कांग्रेसका नेता कृष्णदेव मण्डल, नेकपा नेता समाजसेवी वकिल साह, नेकपा नेता समाजसेवी शिक्षाप्रति चासो राख्ने बौएलाल मण्डल, समाजसेवी शिक्षा प्रेमी सुनिल कुमार मण्डल, रा.प्रा.वि. भतहीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो । परीक्षार्थीहरूलाई फुलमाला अबिर लगाई डटपेन र प्याडले सम्मान गरी विदाई गरिएको थियो ।

सम्बन्धित खवर