जनकपुरधाम । खेलकूद कर्मचारी संघ मधेश प्रदेशको प्रथम वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।
मधेश प्रदेशका खेलकूद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालको प्रमुख आतिथ्यमा भएको थियो ।
प्रथम वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री जयसवालले खेलकूदको विकास गर्न मधेश प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । यसका लागि प्रदेश सरकारले खेलकूद सम्बन्धी ऐन पारित गरिसकेकाले खेलकूदको विकासमा तीव्र गतिमा अगाडि बढ्ने जानकारी दिए ।
साधारणसभामा संघको कामकाज र आर्थिक गतिविधिबारे प्रकाश पारिएको थियो ।
मधेश प्रदेश खेलकूद कर्मचारी संघका अध्यक्ष राजेश गुप्ताको अध्यक्षतामा भएको साधारणसभामा राष्ट्रिय खेलकूद परिषद् मधेश प्रदेशका अध्यक्ष मोहम्मद ज्याउल इस्लाम, खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक कृष्ण तिमिल्सिना, खेलकूद प्रतिष्ठानका खेल विज्ञ हिरा पन्त, राष्ट्रिय खेलकूद परिषद् खेलकूद कर्मचारी संघका केन्द्रीय सदस्य ब्रम्हदेव यादव, राखेप खेलकूद कर्मचारी संघका पूर्व केन्द्रीय सदस्य दिनेश भुजेल लगायतको उपस्थिति रहेको कर्मचारी संघ मधेश प्रदेशका सचिव अजित मिश्रले जानकारी दिए ।

सम्बन्धित खवर