जनकपुरधाम । धनुषाको कमला नगरपालिका–६ का मुसलमान टोल बालविवाह मुक्त भएको छ ।
कमला नगरपालिकाका नगर प्रमुख बिशेश्वर यादवल लगायत अतिथिहरुले सो टोललाई बालविवाह मुक्त भएको घोषणा गरेका हुन् । यसका साथै वडा नं. ६ को मुसलमान टोल बालविवाह मुक्त घोषणा हुने कमला नगरपालिकाको पहिलो टोल बनेको छ ।
आसमान नेपाल तथा प्लान इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा सञ्चालित बाल बिवाह न्यूनीकरण परियोजना अन्तर्गत सो वडाका बालअधिकार समितिद्वारा आयोजित कार्यक्रमका बीच बालविवाह मुक्त टोल घोषणा गरिएको छ ।
वडा नं. ६ मा शनिबार आयोजित एक कार्यक्रमका बीच ६८ घरधुरी रहेको मुसलमान टोलर्ला बालविवाह मुक्त टोल घोषणा गर्दै नगर प्रमुख यादवले बालविवाह विरुद्ध सबै अभिभावक चनाखो हुनुपर्ने जिकिर गरे । बालविवाह मुक्त घोषणा भइसकेपछि यस प्रकारको घटना भएमा प्रचलित कानून बमोजिम कारबाहीमा पर्ने भएकाले यसतर्फ सचेत रह्न उनले स्थानीयहरुलाई आग्रह समेत गरे ।
यो टोलले इतिहास कायम गरेको छ र यसपछि अब कमला नगरपालिकाका अरु टोलहरु पनि सतप्रतिशत विद्यालय भर्ना र बालबिवाह मुक्त घोषणाको लागि अगाडि नगर प्रमुख यादवले बताए ।
मुसलमान टोलमा सतप्रतिशत विद्यालय भर्ना (४ देखि १२ वर्ष उमेर समूह) का बालविवाह विद्यालयमा भर्ना भएको तथ्यांकले देखाएको छ ।
वडा बालअधिकार समितिका अध्यक्षसमेत रहेका वडा नं. ६ का वडाध्यक्ष मो.समसुल मियाँको अध्यक्षतामा आयोजित कार्यक्रममा अव यस टोलका सम्पूर्ण अभिभावकले बालबालिकालाई नियमित विद्यालय पठाउने र २० वर्ष पछि आफ्ना छोराछोरीलाई बिहे गर्नेलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
स्थानीय बाल अधिकार समितिका अध्यक्ष ठक्कु यादव, नगरपालिकाका योजना शाखा प्रमुख विरेन्द्र सढान, श्रीराष्ट्रिय प्राथमिक विद्यालय सखुबाका पूर्व प्रधानाध्यापक अरुण कुमार चौधरी, समाजसेवी तथा बाल अधिकार समिति सदस्य सुरेन्द्र यादव, बाल अधिकार समिति तथा वडा सदस्यहरु प्रमेश्वर महतो, बद्री साह, शान्ति देवी मुखिया, गोलिया पासवान, वडा सचिब नन्दकिशोर साह, श्री बिलट बौकु माध्यमिक विद्यालय मडानका प्रधानाध्यापक विष्णुदेव गोइत, शिक्षकहरु विश्वनाथ मंडल र सुनिल मंडल, समाजसेवी दुलार महतो, रामकली साह लगायतको उपस्थिति रहेको थियो ।
भुपेन्द्र प्रसाद महतोले सञ्चालन गरेको कार्यक्रममा आसमान नेपालका प्राविधिक संयोजक (शिक्षा) घुरन यादव, प्राविधिक संयोजक (नेतृत्व र निर्णय) रामकुमार महरा, फिल्ड सुपरभाइजरहरुः अमिरी यादव, सुनिता कुमारी मंडल र महेश कुमार यादव सहितको उपस्थिति थियो ।

सम्बन्धित खवर