जनकपुरधाम । मधेश प्रदेश सरकारले सिंचाई दिवस मनाएको छ । सिंचाई दिवस–२०८१ को अवसरमा उर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयले सोमबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–३ गजरियामा एक कार्यक्रम गरेको छ ।
समृद्ध नेपालको आधार, सम्पूर्ण कृषि योग्य जमिनमा सिचाईको बिस्तार भने मूलनाराका साथ गजरियामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री महेन्द्र यादवले पहिला राजा, रानी र उनको छोराको जन्मदिवस मनाउने गरेको सम्झिदै गणतन्त्रमा मात्रै सिंचाई दिवस मनाउने गरेको बताए ।
गणतन्त्र जनताको व्यवस्था रहेकाले राजतन्त्र फर्किने कुनै सम्भावना छैन्, उनले भने–मृत्यु भइसकेको व्यक्ति पुर्नजिवित हुनु र राजा फकिर्नु एउटै रहेको छ । वर्तमान व्यवस्थामा जनताको समृद्धि सम्भव रहेको छ, उनले भने–सडक, सिचाई, विद्युत, कृषि विद्युतिकरण लगायतको कार्यहरु गणतन्त्रमै भएको नेता यादवले प्रष्टयाए ।
पूर्व खानेपानी मन्त्रीसमेत रहेका नेता यादवले धनुषा जिल्लालाई बास्मती धानको पकेट क्षेत्र बनाउनुपर्नेमा जोड दिएका छन् । अहिले बास्मती चामल धेरै महगो छ । बास्मती धान उब्जाएर किसान सब्बल हुन सक्ने प्रचुर सम्भावना रहेकाले यसको पकेट क्षेत्र धनुषा जिल्लालाई घोषणा गर्न मधेश प्रदेश सरकारलाई उनले आग्रह समेत गरे ।
सो अवसरमा उर्जा, सिंचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले मधेशमा सिचाईको समस्या समाधान गर्न प्रदेश सरकार अग्रसर रहेको बताए ।
खेत खेतमा सिंचाई पुर्याउने लक्ष्य लिएर प्रदेश सरकार अघि बढेको बताउँदै मन्त्री यादवले किसानलाई सिंचाईको समस्या हुन नदिन हरसम्भव प्रयास भइरहेको जानकारी दिए ।
कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक कुमारकान्त झा, सिचाई समितिका अध्यक्ष जितेन्द्र यादव, नेपाली कांग्रेसका मधेस प्रदेश सदस्य बजरंग यादव, नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ४ क का क्षेत्रीय सभापति योगनारायण यादव, लक्ष्मीनियाँ गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष हिरा यादव, क्षीरेश्वरनाथ नगरपालिका वडा नं. १० का वडाध्यक्ष राम पदारथ यादव लगायत किसानहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर