जनकपुरधाम । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन इकाई समिति (जि.प्रशा.का. धनुषा) अध्यक्षमा पुनः रामसुन्दर यादव चयन भएका छन् ।
शनिबार जनकपुरधाममा सम्पन्न नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन इकाई समिति (जि.प्रशा.का. धनुषा) को छैठौ साधारणसभाले अध्यक्षमा यादवलाई सर्वसम्मत चयन गरेको हो ।
९ सदस्यीय इकाई समितिका उपाध्यक्षमा अर्जुन पासमान, सचिवमा ललित कुमार मण्डल र कोषाध्यक्षमा भोगेन्द्र यादव सर्वसम्मतिले चयन भएका हुन् ।
यस्तै सदस्यहरुमा रामउदगार मण्डल, मो. सदाकत हुसैन, रामसुन्दर मुखिया, मनोज चौधरी र रेखा चौधरी रहेका छन् ।
यसअघि नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशनका मधेश प्रदेश अध्यक्ष उत्तम चौधरीले साधारणसभाको उद्घाटन गर्दै लेखापढी कानून व्यवसाय पेशाको सम्मान हुनुपर्नेमा जोड दिए । अनुमतिपत्रको परीक्षा उत्तिर्ण भएका लेखापढी कानून व्यवसायलाई अझै कार्यालय प्रवेशमा रोक लगाएकोमा असन्तुष्टि व्यक्त गर्दै काम गर्ने वातावरण बनाइदिनुपर्नेमा जोड दिए ।
प्रक्रिया पूरा गरेर आएका व्यवसायीहरुलाई अपमानित हुनुपरेको जिकिर गर्दै यस प्रकारको व्यवहार सह्य नहुने चौधरीले प्रष्टयाए । आफूहरुले पनि सेवाग्राहीको काम सहज बनाउनका लागि नै बसेकाले यसमा विभेद गर्नुनपर्ने तर्क उनको थियो ।
रामसुन्दर यादवको अध्यक्षतामा भएको उद्घाटन सत्रमा जिल्ला समन्वय समितिका अध्यक्ष राजकुमार साह, वरिष्ठ सल्लाहकार भोला ठाकुर लगायतको उपस्थितिमा उद्घाटन सत्र सम्पन्न भएको थियो ।

सम्बन्धित खवर