जनकपुरधाम । धनुषाको जनकनन्दनी गाउँपालिका–४ खजुरीचन्हामा बाल भेला–२०८२ सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत बिहीबार बाल भेला आयोजना गरिएको हो । जनकनन्दनी गाउँपालिकाका उपाध्यक्ष कमला सहगलको प्रमुख आतिथ्यमा भएको बाल भेलामा बालबालिकाहरु भविष्यको कर्णधार रहेको बताइन् । बालबालिकाको भविष्य नै समाजको भविष्य रहेकाले यसप्रति पालिका सचेत रहेको बताइन् । बालबालिकाको अधिकारको सवालमा पालिका गंभीर छ, उनले भनिन्–बालबालिकालाई विद्यालयमा नियमित गर्नैपर्छ । शिक्षाले मात्र समाज विकास सम्भव रहेकाले यसप्रति सबैलाई गंभीर हुन उनले आग्रह पनि गरिन् । श्रीमाध्यमिक विद्यालय चन्हामा रहेको लालीगुराँस बाल क्लवका लजिना खातुनको अध्यक्षतामा भएको बाल भेलामा ३३ जना बालबालिकाहरु सहभागि थिए । भेलामा बालबालिकाहरुले विभिन्न क्रियाकलापहरु प्रदर्शन गरेका थिए । बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिता स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा बाल सहभागिताबारे भेलामा बहस गरिएको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech