जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी मुस्लिम संघ धनुषाको प्रथम जिल्ला अधिवेशन बिहीबार सम्पन्न भएको छ ।
उपाध्यक्ष अजिम अंसारीको अध्यक्षतामा पूर्वी धनुषाको यदुकुहामा सम्पन्न प्रथम अधिवेशनले २१ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
रहमत राईनको अध्यक्षतामा चयन गरिएको जिल्ला कार्य समितिको वरिष्ठ उपाध्यक्षमा अजिम अंसारी, उपाध्यक्षमा आबिद हुसैन, सचिवमा सदाम हुसैन र सहसचिवमा छोटकन राईन चयन भएका छन् ।

अधिवेशनमा समाजवादी मुस्लिम संघका मधेश प्रदेश अध्यक्ष मुशाहिद हुसैन, शहीदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव, संगठन विभाग प्रदेश सदस्य अब्दुल्लाह शेख, साजिद हुसैन, समाजवादी मुस्लिम संघका प्रदेश उपाध्यक्ष नजाम अंसारी, प्रदेश सचिव इसराफिल अंसारी, प्रदेश सदस्यद्वय सतनाम साफी र रहमान अंसारी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर