जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले आफ्नो परिवारलाई जोडेर सम्प्रेसन गरिएको समाचारलाई भ्रामक र आमजनतालाई दीग्भ्रमित गर्ने अपुष्ट सामग्री बताएका छन् । केही दिन अघि काठमाण्डौमा भएको हिंसक प्रदर्शनको क्रममा भाटभटेनीमा प्रदर्शनकारीले गरेको लुटपाटमा सहमहामन्त्री यादवको छोरा पनि संलग्न रहेको भन्दै गरिएको समाचार सम्प्रेशन भ्रामक रहेको बताए । मेरो दुई सन्तान । जेठो छोरा डा. आकाश यादव र कान्छो डा. विकास यादव । मुकेश यादव भन्ने आफ्नो कुनै सन्तान नरहेको प्रष्ट पार्दै पूर्वमन्त्री समेत रहेका सहमहामन्त्री यादवले समाचारप्रति आश्चर्य व्यक्त गरे । तेश्रो सन्तान कहाँबाट आयो, उनले कटाक्ष गर्दै भने–पत्रकारहरुले घरपरिवारमा पनि विवाद गराइदिन्छ । यस प्रकारको समाचारले परिवार मात्रै होइन् । समाज पनि भ्रमित हुने भएकाले समाचार सम्प्रेशन गर्दा गंभीर हुन उनले आग्रह गरे । अतः यस्ता मिडिया र यसका संचालकले यस प्रकारको भ्रामक र मनगढन्त विषय उठाएर मिडियाप्रतिको विश्वास घटाउने कार्य अविलम्ब बन्द गर्नुपर्ने माग उनले गरे । जनकपुरबाट संचालनमा रहेको एक अनलाइन पोर्टलले सहमहामन्त्री यादवको छोरा मुकेश पनि भाटभटेनी लुटपाटमा संलग्न रहेकाले पक्राउ गरिएको भन्ने समाचार सम्प्रेशन गरिएको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech