जनकपुरधाम । स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा बाल सहभागिताको उद्येश्यले शुक्रबार विदेह नगरपालिकामा बाल भेला आयोजना गरिएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत विदेह नगरपालिकामा आयोजित बाल भेलामा बालबालिकाहरुले चित्रमार्फत मनपर्ने र नपर्ने प्रस्तुती, जोखिम नक्सांकनको प्रस्तुति र बालमैत्री पालिकाको परिकल्पना गरेर क्रियाकलापहरु गरिएको थियो । विदेह नगरपालिकाका नगर उपप्रमुख आशा देवी झाको प्रमुख आतिथ्यमा भएको बाल भेलामा समस्याको पहिचान र त्यसको समाधानका उपायसहित प्राथमिकीकरण गरी पालिकालाई ध्यानाकर्षण पत्र समेत बुझाउने निर्णय गरिएको थियो । ममता कुमारीको अध्यक्षतामा भएको बाल भेलामा आसमान नेपालका प्राविधिक संयोजक रितु तिवारी, रामकुमार महरा र रिंकु साह लगायत ३४ जना बालबालिकाको सहभागिता रहेको थियो । यसअघि बिहीबार जनकन्दनी गाउँपालिका–४ मा पनि बालभेला आयोजना गरिएको थियो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech