जनकपुरधाम । नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवको चरित्र हत्या हुने गरी राप्रपा अध्यक्ष राजेन्द्र लिंङ्देनले दिएको अभिव्यक्तिले धनुषाका कांग्रेसी सडक तताएका छन् । चर्को घाममा कांग्रेसका नेता तथा कार्यकर्ताले लिंङ्देनको आधारहीन अभिव्यक्तिको विरोध गर्दै जनकपुरधाम–महेन्द्रनगर सडकमा चक्काजाम गरेका छन् । बैशाख महिनाको दोश्रो साता आइपुग्दा गर्मीको पारो चढ्दै गर्दा धनुषाका कांग्रेसीहरुले लिङ्देन विरुद्ध सडक तताएका हुन् । बिहान ९ः३० बजेदेखि १० बजेसम्म कांगे्रसी नेता कार्यकर्ताहरु लक्ष्मीनियाँ बजारस्थित सडकमै बसेर चक्काजाम गरेका हुन् । लिङ्देनको अभिव्यक्तीले आक्रोसित कांग्रेसीहरुले चर्का नाराबाजी गरेका छन् । उनीहरुले लिङ्देनको पुतलासमेत फुकेका छन् । भाटभटेनी चोरी काण्डमा काँग्रेस नेता यादवलाई अनाहकमा जोडेर मानमर्दन गरेको भन्दै कार्यकर्ताहरुले राप्रपा अध्यक्ष लिङ्देनविरुद्ध चक्काजाम गरेका थिए । नेता यादवले मुकेश यादव नामक आफ्नो कुनै सन्तान नरहेको स्पष्ट पारिसकेका छन् । आफ्नो दुई सन्तान डा. आकाश यादव र डा. विकास यादव रहेको सह महामन्त्री यादवले प्रष्टयाइ सकेका छन् । राप्रपा अध्यक्ष लिङ्देनले सहमहामन्त्री यादवलाई जोडेर उनको छोरा भाटभटेनी चोरी काण्डमा सँलग्न रहेको बयान दिएपछि चौतर्फी विरोध भएको हो । केही मिडियाहरुले पनि मुकेश यादव नामक व्यक्तिलाई उनको छोरा बनाएर समाचार प्रकाशित गरेको हो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech