जनकपुरधाम । मातृशोकमा परेका धनुषा मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोलाई मधेश प्रदेशका उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवसहित नेपाली कांग्रेसका नेताहरुले भेटेका छन् । मन्त्री यादवसहित नेपाली कांग्रेस मधेश प्रदेश समिति सदस्य बजरंग यादवले मेयर महतोको निवासमै पुगेर समवेदना प्रकट गरेका छन् । बुधबार बिहान मन्त्री यादव र नेता यादव समवेदना व्यक्त गर्न मेयर महतोको निवासमा पुगेका थिए । मेयर महतोका आमा सोविया देवी महतोको गएको बैशाख ७ गते निधन भएको थियो । उनी ९२ वर्षकी थिइन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech