जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव नेतृत्वको टोलीले सोमबार दिउँसो क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित वाटरपार्कको स्थलगत निरीक्षण गरेका छन् ।
निरीक्षणको क्रममा यादव नेतृत्वको टोलीले तोडफोडबाट वाटरपार्कमा भएको क्षतिबारे जानकारी लिएका हुन् । केही महिना अघि मात्र संचालनमा आएका वाटरर्पाकमा गएको शनिबार कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरुले तोडफोड गरेका थिए ।
वाटरपार्कमा अनधिकृत रुपमा प्रवेश गरेका विद्यार्थीहरुले उपद्रव गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । कमजोर व्यवस्थापनको कारण भएको अराजक स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड अश्रुग्यास पनि प्रहार गरेको थियो ।
वाटरपार्कमा जडान गरिएको सीसीटीभी क्यामरा, गमला लगायतमा विद्यार्थीहरुले तोडफोड गरेका थिए । तोडफोडले वाटरपार्कमा पुगेको क्षतिबारे संचालकहरुले नेता यादव नेतृत्वको टोलीलाई जानकारी गराएका छन् ।
धनुषा निर्वाचन क्षेत्र–४ स्थित वाटरपार्कमा भएको तोडफोडप्रति दुःख व्यक्त गर्दै नेता यादवले ढुक्क भएर उद्योग व्यवसाय संचालन गर्नका लागि आग्रह गरे ।
तपाईहरुले सुरक्षा सम्बन्धी कुनै प्रकारको चिन्ता लिनुपर्दैन, उनले भने–सुरक्षाको व्यवस्थापन गर्न आफूहरुले हरसम्भव सहयोग गर्छु ।
पूर्व खानेपानी मन्त्री समेत रहेका सहमहामन्त्री यादवले उद्योगी, व्यापारीको सुरक्षा राज्यको जिम्मेवारी रहेकाले यसप्रकारको क्रियाकलाप कदापि स्वीकार्य नहुने बताए ।
व्यवसायी मात्रै होइन, उनीहरुको व्यवसायको सुरक्षाको ग्यारेन्टी राज्यले गर्नुपर्ने तर्क गर्दै नेता यादवले यस प्रकारको घटना भविष्यमा दोहोरिन नदिनका लागि स्थानीय प्रशासनलाई सजग गराए ।
अनुगमन टोलीमा उर्जा, सिंचाई तथा खानेपानी मन्त्री शेषनारायण यादव, मधेश प्रदेश सदस्य बजरंग यादव, डा. संजिव यादव, कार्यकारिनी समिति सदस्य रमेश महतो सिंह
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति डा. अंकुर साह, नेपाली कांग्रेसका नेता मोहन माथेमा, क्षीरेश्वरनाथ नगरपालिकाका उपप्रमुख रचना माथेमा, जनकपुरधाम उद्योग वाणिज्य संघ अध्यक्ष पदका प्रत्यासी मनिषरमन साह लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेंडिंग